August 4, 2023
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । आकस्मिक धन लाभ हुनेछ । तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । केही नयाँ कुरा खरीद गर्न पनि सकिनेछ ।
बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक क्षेत्रको काम, व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक नै रहनेछ ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्नसक्छ । ठूलाबडाको आशीर्वादले भने काम बन्नसक्छ ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन मन प्रसन्न रहने र महत्त्वाकाङ्क्षा बढ्नेछ । समाज सेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ । नयाँ कार्यको थालनी समेत हुनेछ ।
बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन र बजार घुम्ने अवसर भने मिल्नेछ ।
मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो , गा, गि ) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । आर्थिक कारोबारमा सफलता पाइएला । केही नयाँ कुरा खरिदमा भने खर्च बढ्न सक्छ ।
मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला, वैदेशिक काम भने ठीक छ ।
प्रकाशित मिति:August 4, 2023
November 23, 2024