२४ उपसचिवसहित ३५ कर्मचारीको सरुवा (सूचीसहित)

  Sampatti News Online

August 4, 2023

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ उपसचिव र ११ शाखा अधिकृतसहित ३५ कर्मचारीहरूको सरुवा गरेको छ । बिहीबार गरिएको सरुवा सुचीअनुसार अधिकांश सङ्घका कर्मचारीलाई मधेस प्रदेशस्थित पालिकाहरूको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ । 

मधेश प्रदेशका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत तीन जना उपसचिव सिंहदरबारमा तानिएको छ बाँकी तीन जना उपसचिव अन्तर मन्त्रालय सरुवामा परेका छन् । अन्तर मन्त्रालय सरुवामा परेकामा रक्षामन्त्रीका सचिवालयमा कार्यरत शोभाखर रेग्मीलाई गृहबाट रक्षामा पठाइएको छ । यस्तै हरि प्रसाद अधिकारीलाई गृहबाट युवा तथा खेलकुद मन्त्रालय,लक्ष्मी पाण्डेय गृहबाट योजना आयोगमा सरुवा भएको छ ।
मधेश प्रदेशमा कार्यरत शिक्षा समूहका दुई उपसचिवलाई शिक्षा मन्त्रालयमा र कृषि समूहका एक उपसचिव कृषि मन्त्रालयमा तानिँदा सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा वर्षौदेखि अखडा जमाएर बसेका १८ जना उपसचिवको मधेश प्रदेशमा खटाइएको हो । जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव बेदराज फुयाँलको नराईन नगरपालिका धनुषा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत उपसचिव काजी बहादुर विष्टको विदेह नगरपालिका, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव लवराज जोशीको शहिदनगर नगरपालिका धनुषासहित सिंहदरबारका विभिन्न मन्त्रालयमा कार्यरत उपसचिवहरुको मधेश प्रदेशका विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।
सरुवा भएका उपसचिवहरुमा भौतिक पूर्वाधार मन्त्रालयका १,भूमि व्यवस्था मन्त्रालयका ४,गृहका ४,लोकसेवामा कार्यरुत ५,युवा तथा खेलकुद मन्त्रालयका कार्यरत २,सतर्कता केन्द्र र योजना आयोगका एक एक जना उपसचिव रहेका छन् ।

सूची:-

प्रकाशित मिति:August 4, 2023