आइपीओ जारी गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर

Nepal Cover
१९ श्रावण २०८०, शुक्रबार
image

काठमाडौँ । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले सर्वसाधारणका लागि साउन २८ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २५५ अर्थात् १६ लाख ६० कित्ता र स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो।

यसमा कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ। कम्पनीले यसअघि जारी पुँजी ८० करोड रुपैयाँको १०५ अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको थियो भने २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो।

यसमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्।