दोलखा ः पहिरोले पुरीएका ४ जना मध्य एक जनाको शव फेला

  Sampatti News

August 4, 2023

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका मध्य एक जनाको शव फेला परेको छ । दोलखाको गौरीशंकर गाउँपालिका– ७ र ८ को सिमानामा गएको पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये वडा नं ७ का तीन वर्षीय प्रिन्स थामीको शव फेला परेको वडा नं. ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । पहिरोमा पुरिएका सोही स्थानका कृष्ण मगर, उनीकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ भने बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ । घाइते तीन जनाको उद्धार गरिएको छ ।

बिहीबार राती वर्षाको कारण वडा नं. ७ बाट आएको पहिरो वडा नंं ८ को बस्तीमा पसेर सो क्षति गराएको दोलखाका सूचना अधिकारी औलाख बहादुर आलले जानकारी दिए । पहिरोले सात घर पूर्ण रूपमा क्षति भएका छन् भने वडा नं. ७ र ८ का २० घर बढी पहिरोको उच्च जोखिममा छन् ।

पहिरोले घट्टे खोलाको झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्‍याएको छ । सुरक्षाकर्मी अहिलेसम्म सो स्थानमा पुग्न नसकेका छैनन् ।

गए राति घर माथिबाट आएको पहिरोले पुर्दा अन्य तीन जनाको घाइते भएका छन् । पहिरोमा पुरिएर बेपत्ता हुने दुई घरका मानिस रहेका गौरीशंकर गाउँपालिका–८ का वडाध्यक्ष दावारिञ्जि शेर्पाले जानकारी दिए ।

बेपत्ता र घाइतेको पहिचान खुल्न बाँकी रहेको दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् ।

पहिरोको कारण सात र आठ घर पूर्ण रूपमा क्षति भएका छन् । अझै पनि यकिन विवरण आइन नसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति:August 4, 2023