माओवादी केन्द्रीय समिति बैठक तेस्रो दिन पनि बस्दै

  Sampatti News

August 4, 2023

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । गत बुधवारदेखि सुरु भएको बैठकमा हालसम्म झण्डै ४ दर्जन नेताले आ–आफ्नो धारणा राखिसकेका छन् ।

बैठकमा मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल भइरहेका छन् ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:August 4, 2023