शहीदको विवरण प्रमाणित गरी पठाउन सिडिओलाई गृहको पत्र

Nepal Cover
१९ श्रावण २०८०, शुक्रबार
image

काठमाडौँ । गृह मन्त्रालयले शहीदको विवरण प्रमाणित गरी पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

मन्त्रालयको शान्ति सुरक्षा, तथा अपराध नियन्त्रण शाखाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै शहीदको विवरण पुनः रुजु, एकिन र प्रमाणित गरी पठाउन निर्देशन दिएको हो । मन्त्रालयले जिल्लाबाट प्राप्त सहिदको विवरण राजपत्रमा प्रकाशन गर्ने ढाँचामा पठाएर उक्त विवरण पछिसम्म फरक नपर्ने गरी पुनः रुजु, एकिन गरी आवश्यक भए संशोधनसहित प्रमाणित गरेर तीन दिन पठाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप सहिद छुटेको भए तोकिएको ढाँचामा पठाउन पनि निर्देशन दिइएको छ ।