सडकमा फोहोर फाल्नेलाई १० हजार रुपैयाँ जरिवाना

Nepal Cover
१९ श्रावण २०८०, शुक्रबार
image

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा फोहोर फाल्नेलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ । काठमाडौँस्थित न्यूरोडकी अरुणा अमात्यले सडकमा फोहोर फालेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना तिराइएको महानगरले जनाएको छ । महानगरले सडक तथा नदीमा फोहोर फाल्न, खुल्ला स्थानमा आगो बाल्न, ४० माइक्रोनभन्दा कमको प्लास्टिक प्रयोग गर्न निषेध गरेको छ ।