August 4, 2023
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीका लागि विभिन्न मापदण्ड तय गरेको छ । रास्वपाको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र स्थानीय तहका विभागमा रहने पदाधिकारी तथा सदस्यका लागि मापदण्ड तय गरेका हो ।
अब रास्वपामा केन्द्रीय विभागमा पदाधिकारी, सदस्य वा प्रदेश विभाग प्रमुख हुन सम्बन्धित विषयमा स्नातकोत्तर ९मास्टर्स० गरेको हुनुपर्ने, सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने छ ।
यसैगरी प्रदेश विभाग पदाधिकारी, सदस्य वा पालिका विभाग प्रमुख हुन सम्बन्धित विषयमा स्नातक ९ब्याच्लर्स० गरेको हुनुपर्ने, पाँच वर्षको अनुभव वा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने छ भने पालिका विभाग पदाधिकारी र सदस्य हुन १२ कक्षा पास भएको हुनुपर्ने छ । यस्तै, दुई वर्ष अनुभव भएको तथा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने छ ।
प्रकाशित मिति:August 4, 2023
November 25, 2024