सय किलो सुन तस्करीको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई

  Sampatti News

August 4, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले एक क्विन्टल सुन प्रकरणबारे बिहीबार साँझ रक्षामन्त्री, गृहमन्त्री, आईजीपी, सीआईबी प्रमुख र राजस्व अनुसन्धान विभागका महानिर्देशकसँग संयुक्त छलफल गरेका थिए ।

त्यसक्रममा सुन तस्करी सङ्गठित अपराध र अन्तरदेशीय अपराध मात्रै नभएर आतङ्कवादी गतिविधिमा संलग्न गिरोहको समेत संलग्नता भएको हुनसक्ने र यसको बृहत् अनुसन्धान प्रहरीबाट हुँदा प्रभावकारी हुने सुझाव आएपछि सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा ९सीआईबी०लाई दिन प्रधानमन्त्रीले विभागलाई निर्देशन दिएको स्रोतले जानकारी दियो ।

साउन ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको अवस्थामा करिब १ सय किलो सुन बरामद भएको थियो । यस प्रकरणमा हालसम्म चिनियाँसहित १७ जना पक्राउ परेका छन् । त्यस्तै काठमाडौँका विभिन्न स्थानमा छापा मारेर सुन गाल्ने ४ थान मेसिनसहितका सामान बरामद गरिएको छ ।

प्रकाशित मिति:August 4, 2023