आँखा पाक्ने रोग फैलिएपछि विद्यालय बन्द गर्ने निर्णय

  Sampatti News

August 4, 2023

काठमाडौँ । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरका विद्यालयहरू केही दिनका लागि बन्द गरिने भएको छ।

जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी विज्ञप्ति अनुसार साउन २१ गतेदेखि २६ गतेसम्म उपमहानगरमा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ।

पछिल्लो केही दिन यता जनकपुरस्थित जानकी आँखा अस्पतालमा बिरामीको भीड पनि बढेको छ।

गत साता आँखा पाक्ने समस्या लिएर दैनिक ४० र ४५ जना बिरामी आउने गरेकामा यो साता दैनिक डेढ सय जनासम्म बिरामी आएका छन्।

प्रकाशित मिति:August 4, 2023