लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News

August 4, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग घुस लिएको आरोपमा मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध २ लाख बिगो कायम गर्दै आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

लेखा अधिकृत ढकालले नगरपालिका तथा वडा कार्यालयहरूमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।

लेखा अधिकृत शेखर ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा –१० बमोजिम २ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा –१० बमोजिम जरिवानाको सजाय र सोही ऐनको दफा ३ को उपदफा –१० को देहाय (घ) बमोजिम कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

प्रकाशित मिति:August 4, 2023