बालेनले पीएचडी गर्न फेलोसिप पाए

  Sampatti News

August 6, 2023

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले विद्यावारिधि (पीएचडी)का लागि फेलोसिप पाएका छन् । काठमाडौँ विश्वविद्यालयले फेलोसिप दिएको जानकारी उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत गराए । बालेनले पर्यटन र अर्थतन्त्र प्रवद्र्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्न लागेका हुन् । नगर प्रमुख साहले काठमाडौँ विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडीका लागि आवेदन दिएका थिए।

प्रकाशित मिति:August 6, 2023