महालेखा परीक्षकदेखि निर्वाचन आयुक्तको रिक्त पदका लागि आवेदन माग

Nepal Cover
२१ श्रावण २०८०, आईतवार
image

काठमाडौँ । संवैधानिक परिषद्को सचिवालयले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदका लागि आवेदन माग गरेको छ । सचिवालयले आइतबार एक सूचना प्रकाशित गर्दै महालेखा परीक्षक, निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्य पदका लागि आवेदन माग गरेको हो ।

नेपालको संविधानबमोजिम संवैधानिकका पदहरूमा नियुक्त हुन योग्यता पुगेका व्यक्तिहरूको अभिलेख तयार गर्ने प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको बताइएको छ । नेपालको संविधानबमोजिम संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट www.opmcm.gov.np काे “सूचना तथा समाचार खण्डभित्र उपलब्ध फारम भरी विद्युतीय प्रतिसहित बुझाउन वा संवैधानिक परिषद्को सचिवालयको इमेल ठेगाना sambaidhanik@opmcm.gov.np मा पठाउन संवैधानिक परिषद् (कार्यविधि) नियमावली, २०६८ बमोजिम यो सूचना प्रकाशन गरिएको छ ।