शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम

  Sampatti News

August 6, 2023

काठमाडौँ । ललितपुरको बागमती गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम प्रदान गर्न सुरु भएको छ ।

जनभावना क्याम्पस चापागाउँमा बागमती गाउँपालिकाद्वारा आयोजित १० दिने तालिमको नेपाली काँग्रेस बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले शुभारम्भ गर्दै शैक्षिक उन्नयनका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याए ।

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले तालिमको प्रभावकारिता र पालिकामा रहेका ४६ विद्यालयको अवस्था, समस्या र अपेक्षाका लागि नियमित अनुगमन गर्ने तथा राम्रो गर्नेलाई पुरस्कृत गर्ने बताए । उनले चालू आवमा शिक्षकका लागि बागमती प्रदेश सरकारले ७६ लाख ५७१ विनियोजन गरेको जानकारी दिए । तालिममा शिक्षण सिकाइ, व्यवस्थापन, समस्या, चुनौतीबारे सिकाइ हुने अपेक्षा राखिएको छ ।

प्रकाशित मिति:August 6, 2023