घुस लिएको आरोपमा २ जना प्रहरी निलम्बनमा

  Sampatti News Online

August 6, 2023

काठमाडौं— घुस लिएको आरोपमा प्रहरी दुई प्रहरी निलम्बनमा परेका छन् । राजमार्गमा चेक जाँचको नाममा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् ।

रौतहटको इलाका प्रहरी कार्यालय गरुडा अन्तर्गतको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव र मधेश प्रदेश राजमार्ग ट्राफिक कार्यालय पथलैया बारा अन्तर्गतको सर्लाहीस्थित वाग्मती पोष्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकाश कलवार पक्राउ परेका हुन् । महेन्द्र राजमार्गमा डयुटीमा रहेको बेला प्रहरी र ट्राफिक जवानले चालकसित अवैध रकम लिएको पुष्टी भएपछि उनीहरुलाई तत्कालै निलम्बन गरिएको हो ।

उनीहरूले घुस लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र सर्लाहीका दुई प्रहरीलाई शुक्रबार साँझ निलम्बन गरिएको जनाइएको छ । उनीहरूलाइ निलम्बन गरेर थप छानबिन गरिराखिएको जनाइएको छ।

प्रकाशित मिति:August 6, 2023