नेप्सेमा पहिरो, ३८.३७ अंकले घट्यो परिसूचक

  Sampatti News Online

August 6, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकले घटेर बन्द भएको छ । कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक भइरहेको बेला आजको कारोबारमा नेप्सेमा पहिरो गएको हो । आज नेप्से ३८.३७ अंकले बढेर दुई हजार ५१ दशमलब ४७ विन्दुमा बन्द भएको हो ।        

त्यस्तै, आज दुई अर्ब ६८ करोड ७१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९७ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । दोस्रो बजारमा आइतबारदेखि कारोबारमा आएका नेपाल रिपब्लिक मिडिया र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। बिक्री गर्ने भन्दा बढी माग आएपछि ती कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएका हुन् ।

रिपब्लिक मिडियाको प्रति कित्ता शेयर मूल्य ९.९८ प्रतिशतले बढ्दै २७५.४० रुपैयाँमा कारोबार भएको छ भने आइएमई लाइफको प्रति कित्ता मूल्य ९.९९ प्रतिशतले बढेर ५८२.४० मा कारोबार भएको छ। दुवै कम्पनीको शेयरमा उल्लेख्य माग छ। तर माग अनुसार बिक्री गर्ने भने कम देखिएका छन्। बिक्री गर्ने भन्दा बढी किन्ने भएपछि शेयर मूल्य बढेको हो।

आज प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.५९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको भएको छ । यस कम्पनीको आज १२ करोड ६९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

प्रकाशित मिति:August 6, 2023