कति छ आज विदेशी मुद्राको विनिमय दर ?

  Sampatti News Online

August 7, 2023

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

जसअनुसार आज युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसा रहेको छ । आज युरो र पाउण्को मूल्य बढेर आएको छ ।

यस्तै, अमेरिकी डलर तुलनामा स्थिर रहेको छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति:August 7, 2023