आज सुनचाँदीको मूल्य स्थिर

Nepal Cover
२८ श्रावण २०८०, आईतवार
image

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ भने तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी,चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ ।