शेयर बजारमा १४.८१ अंकको वृद्धि

  Sampatti News Online

August 13, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार १४.८१ अंकले बढेर दुई हजार ८० दशमलब ८६ विन्दुमा बन्द भएको हो ।         

त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकम पनि बढेको छ । आज तीन अर्ब एक करोड ८४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १०० कम्पनीको शेयरमूल्य बढेको छ भने ११७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५  वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको छ।

यसमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा थ्रीस्टार हाइड्रोपावर  लिमिटेड, अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड र माउन्टेन इनर्जी लिमिटेड रहेको छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

आज घोराही सिमेन्ट इन्डष्ड्रिका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.९९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्स्यारेन्स कम्पनीकोे प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ५८ करोड ४५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।       

प्रकाशित मिति:August 13, 2023