अनितादेवी साहको शपथ आज

  Sampatti News

August 14, 2023

काठमाडौँ । जनमत पार्टीकी सांसद अनितादेवी साहको आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिने भएकी छन् । आइतबार शपथ गराउने तयारी भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्किन ढिला भएकाले आजका लागि सारिएको हो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले पार्टीबाट सरकारमा रहेका अमनलाल मोदी फिर्ता बोलाएर साहलाई मन्त्री नियुक्त गरेका हुन्। बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

शाहको आज बिहान १० बजे शपथ हुने तयारी भएको छ ।

प्रकाशित मिति:August 14, 2023