घुस मागेको आरोप लागेपछि कृषि अधिकृतले दिए राजीनामा

  Sampatti News

August 16, 2023

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकाका कृषि अधिकृतले राजीनामा दिएका छन् ।

सेवाग्राहीसँग घुस मागेको आरोप लागेपछि गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार खत्रीले बताए ।

अधिकृत भट्टले सेवाग्राही कृषक समूहहरूसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले ३ दिने स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरणको जवाफ नदिएर अधिकृत भट्टले चौथा दिन राजीनामा बुझाएको प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताए ।

प्रमुख प्रशासकीय अधिकृत खत्रीका अनुसार कृषि अधिकृत भट्टले राजीनामा दिएपनि लेनदेन भएको देखिएको छैन । भने राजीनामा पनि स्वीकृत भएको भइसकेको छ ।

उनले प्रशासनसँग भने, ‘बनावटी कुरा जस्तो देखिन्छ, लेनदेनको कुरा भएको अडियो आएको थियो र सुने, बुझे तर कृषक समूहले प्रलोभनमा पार्न खोजेको र उनले (कृषि अधिकृत)ले अस्वीकार गरेको बुझिन्छ ।’

कृषि अधिकृत भट्टले आफूले अध्ययन गर्नुपर्नेलगायतका समस्या पनि देखाएर राजीनामा बुझाएको खत्रीले बताए ।

उता कृषक समूहले पनि लेनदेन भएको स्वीकार गरिसकेको प्रमुख प्रशासकीय अधिकृत खत्रीको दाबी छ ।

प्रकाशित मिति:August 16, 2023