७ करोडको भ्रष्टाचार मुद्दामा सफाइ पाएपछिपूर्ण जिम्मेवारीमा फर्किए वन निर्देशक बिष्ट

  Sampatti News

August 17, 2023

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका तत्कालीन वन निर्देशक पुनः जिम्मेवारीमा फर्किएका छन् । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि वन निर्देशक हेम राज विष्ट काममा फर्किइएको हुन् ।

प्रदेश वन निर्देशनालयको निमित्त निर्देशक भएका बेला भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका विष्ट अदालतबाट दोषी ठहर नभएपछि पुनः निमित्त निर्देशकको रूपमा कामकाजमा फर्किएका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयकाका प्रवक्ता जनक पाध्याले बताए ।

प्रवक्ता पाध्याका अनुसार बिष्ट केही दिनअघिदेखि निमित्त निर्देशकको रूपमा काममा खटिएका हुन् ।

झण्डै ७ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दामा मुछिएका बिष्टले विशेष अदालतबाट सफाइ पाएका थिए ।

विशेष अदालतले बिष्टले गैरकानुनी सम्पत्ति आर्जन नगरेको ठहर गर्दै सफाइ दिएको हो ।

विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा ६ करोड ८७ लाख ५७ हजार बराबरको अकुत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति:August 17, 2023