August 18, 2023
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षको अवधिमा कम गुणस्तरका खाद्य पदार्थ उत्पादन र बिक्री गरेको आरोपमा १२१ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७९ र ८० मा देशका विभिन्न स्थानमा रहेका यी उद्योगले कम गुणस्तरको तथा दूषित चामल, चामल, पिठो, चाउचाउ, दही, मदिरा, कुखुराका दानालगायतका पदार्थ उत्पादन गरेको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ ।
कारबाहीमा पर्नेमा पिउने पानीका २१, दूध तथा दुग्ध पदार्थका १७, खाद्यान्न तथा दलहन र त्यसबाट बनेका परिकार १६, दाना पदार्थका १५, मसलाका ७, चियारकफीका ७ र फलफूल तथा सागपातजन्य ७ वटा उत्पादनमा गुणस्तरको प्रश्न उठाउँदै विभागले मुद्दा दायर गरेको हो । त्यस्तै महका ५ र अन्य खाद्य पदार्थका २१ गरी कुल १२१ उद्योग विरुद्ध मुद्धा दायर गरेको विभागले जनाएको छ ।
महर्जनका अनुसार गत वर्ष विभागले देशभरबाट ३ हजार ११३ वटा खाद्य वस्तुको नमुना परीक्षणका लागि सङ्कलन गरेको थियो । जसमा खाद्यान्न र दलहनका ९१०, फलफूल र सागपातजन्य ३५१, तेल, घ्युका ३४९ र मसलाका २८३, पिउने पानीका १५५ नमुनाको विश्लेषण गरेको थियो ।
जसमध्ये खाद्यान्नका ४७, पिउने पानीका ४१, फल तथा सागपातजन्य पदार्थका १३, मसलाका ७ र अन्य विभिन्न उत्पादनका १९८ नमुनाको मापदण्ड नपुगेको विभागले जनाएको छ ।
प्रकाशित मिति:August 18, 2023