आज सुनको मूल्य स्थिर

  Sampatti News

August 18, 2023

काठमाडौँ । शुक्रबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको जस्तै एक लाख १० हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । आज चाँदीको प्रतितोला कारोबार मूल्य एक हजार ३९० रुपैयाँ तोकिएको छ । बिहीबार एक हजार ३७० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति:August 18, 2023