नेप्सेमा समान्य अंकको वृद्धि, कारोबार रकममा गिरावट

  Sampatti News

September 18, 2023

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ४२ अंक घटेर बन्द भएको नेप्सेमा यस दिन सामान्य सुधार देखिएको हो।

 नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) सूचक आज ४.२६ अंकले बढेर १९६९.१८ बिन्दुमा पुगेको हो । आज २८ लाख ७४ हजार २७५ कित्ता शेयर कारोबार भएको छ ।

कारोबार रकम भने आइतबारको तुलनामा सोमबार ह्वात्तै घटेको छ । आइतबार दुई अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ८४ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ । हरितालिका तीजका दिन अधिकांश महिलाहरू कारोबारमा संलग्न नहुँदा र पुरुषहरू पनि फेस्टीभ मुडमा हुँदा कारोबार रकम घटेको हो । 

नेप्सेका अनुसार सोमबार कारोबार भएका १४९ कम्पनीको शेयरमूल्य बढेको छ भने ६२ कम्पनीको शेयरमूल्य घटेको छ । १५ कम्पनीको शेयरमूल्य स्थिर छ ।

आज प्रतिशतका हिसाबले सबैभन्दा बढी इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य बढेको छ । सो कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता एक हजार ५४ रुपैयाँ ४० पैसा पुगेको छ ।

शुभम पावर लिमिटेडका शेयरधनीहरूले भने प्रतिशतका हिसाबले आज शेयरबजारमा सबैभन्दा बढी गुमाएका छन्‌ । ९.९९ प्रतिशतले गिरावट हुँदा यो कम्पनीको प्रतिकित्ता शेयरमूल्य ८८७ रुपैयाँ १० पैसा कायम भएको छ । यो कम्पनीका शेयरधनीहरूले एकैदिन प्रतिकित्ता ९८ रुपैयाँ ५० पैसा गुमाएका छन्‌ ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको हो। जसमध्ये जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन ०.४० प्रतिशत घटेको छ।

प्रकाशित मिति:September 18, 2023