नार्कका बैज्ञानिक डा.खडका ‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार २०८०’ बाट सम्मानित

Nepal Cover
२ आश्विन २०८०, मंगलवार
image

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका कृषि बैज्ञानिक डा. रामबहादुर खड्का ‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार २०८०’ बाट सम्मानित भएका छन् ।

विभिन्न ११ विधा, क्षेत्र र निकायगत आधारमा प्रदान गरिने यो पुरस्कार कृषि तथा पशुपन्छी अनुसन्धानको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याए बापत कृषि तथा पशुपंछि विकास मन्त्रालयको सिफारिसमा डा। खड्काले उक्त पुरस्कार प्राप्त गरेका हुन ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एघारौं राष्ट्रिय विज्ञान दिवसको उपलक्ष्यमा आयोजना गरेको एक समरोहका बीचमा सो पुरस्कार प्रदान गरिएको हो । नेपालमा वाली विरुवामा लाग्ने रोगहरुको पहिचान तथा व्यवस्थापनका प्रविधि विकासमा डा। खड्काले गरेको योग्दानको उच्च मुल्यांकन गर्दै उनलाई पुरस्कृत गरिएको हो ।

डा. खड्काले संयुक्त राज्य अमेरिकाको ओहाइयो राज्य विश्वविध्यालयबाट विद्धावारिधि र त्रिभुवन विश्वविद्धयलय कृषि तथा पशुविज्ञान अध्ययन संस्थानबाट स्नातकोत्तर गरेका छन् । डा. खड्का विगत १२ वर्ष देखि नार्कमा कार्यरत रहेका छन् ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार स्वास्थ्य, वनतथा वातावरण, उर्जा जलश्रोत तथा सिचाइ, उच्च शिक्षा (प्राज्ञिक), कृषि तथा पशुपन्छी खानेपानी, उदीयमान प्रविधि, विद्यालय शिक्षा (विज्ञान शिक्षक), विज्ञान तथा प्रविधि पत्रकारीता र नीजि क्षेत्र विधामा पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने अन्य व्यत्तित्वहरुमा डा। रामहरी चापागाईं, रोशनी लक्ष्मी तुईतुई, डा. गौरव पारमर, डा. किरण गौतम, डा. सुचिता श्रेष्ठ, डा. रामवहादुर खड्का, प्राा.डा. जनार्दन लामिछाने, डा. रजित ओझा, डा. गणवहादु बज्राचार्य, राधारमण झा, इन्दिरा अर्याल, लगायतका रहेका छन् ।

११ औं राष्ट्रिय विज्ञान दिवशको अवसरमा यो पुरस्कार असोज १ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको प्रमुख आतिथ्यमा वितरण गरिएको थियो ।