नागढुंगामा सडकबाट कार खस्दा ३ जना घाइते

Nepal Cover
३ कार्तिक २०८०, शुक्रबार
image

काठमाडौँ । काठमाडौँबाट धादिङतर्फ जाँदै गरेको कार नागढुंगामा दुर्घटना भएको छ । सडकबाट कार खसेर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा बैतडी घर भएका भवान सिंह रावल, उनकी पत्नी वसन्त कुमारी रावल र छोरा सिरिस रावल छन् । घाइतेहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

बा १५ च ९०६४ नम्बरको कार सडक किनाराबाट केही मिटर तल खसेको प्रहरीले जानकारी दिएकाे छ ।