एनआरएनए अध्यक्षमा बद्री केसी विजयी 

Nepal Cover
३ कार्तिक २०८०, शुक्रबार
image

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन् । अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

केसी १ हजार ३ सय ७८ मतसहित विजयी हुँदा शर्माले १ हजार २ सय ८१, श्रेष्ठले १ हजार २ सय २५ मत प्राप्त गरेका छन् । संघकाे उपाध्यमा डा. हेम राज शर्मा, रोविन शेरचन, रामशरण सिमखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र डा. विनोद श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान विजयी भइन् । यस्तै युवा उपाध्यक्षमा रोसन थापा विजयी भए । संघको महासचिवमा गौरीराज जोशीले २ हजार ३७ मत प्राप्त गरेर विजयी भए । महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १ हजार ८ सय १८ मत प्राप्त गरे ।

यस्तै महिला सचिवमा टिक गुरुङ, राधिका ९२३२०० विजयी भइन् । सोही पदमा विमला सापकोटाले १५३९ मत प्राप्त गरिन्। संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी ठाकुर प्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरे ।

यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना ९२०१५०, अभिमन्यू बस्नेत २०८१० र तिलक प्रसाद गैरे ९२२३२० मत प्राप्त गरेर विजयी हासिल गरे। यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन्। उनीकी प्रतिद्धन्द्धी तृष्णा शर्माले १५२२ मत प्राप्त गरिन्। यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन् ।

सोही पदमा देविका खत्री गुरुङले १५२४ मत ल्याइन्। यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भए । सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरे।