हिमालयन रि इन्स्योरेन्सले कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्दै

Nepal Cover
३ कार्तिक २०८०, शुक्रबार
image

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आईपीओ निष्काशन गर्नेछ ।
हिमालयन रिइन्स्योरेन्सले जारी पुँजी १० अर्बको ३० प्रतिशत अर्थात् ३ करोड कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात् ३० ला कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहलाई निष्कशन गर्नेछ ।

त्यस्तै, कम्पनीले कुल निष्काशनको २ प्रतिशत अर्थात् ६ लाख कित्ता आफ्नो कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सामुहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ ।

सर्वसाधारणले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले मंसिर ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ।