६.१ रेक्टर स्केलको भूकम्प : धादिङको खरी केन्द्रबिन्दु

  Sampatti News Online

October 22, 2023

काठमाडौं । धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङमा आज  बिहान ७ बजेर ३९ मिनेटमा भूकम्प गएको हो। भुकम्पपछि पराकम्पन गइरहेका कारण मानिसहरु घरबाहिर निस्केर बसेका छन् ।
धादिङबेसि बजार लगायतका स्थानहरुमा मानिस सडकमा निस्केर बसिरहेका छन् ।

काठमाडौं उपत्यकालगायत धादिङआसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । सो भूकम्प ०७२ सालको ‘गोरखा भूकम्प’को परम्कप भएको उनले बताए ।

प्रकाशित मिति:October 22, 2023