October 27, 2023
एजेन्सी । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुस र युक्रेनबीचको युद्धविरामको पक्षमा आफू रहेको बताएका छन् ।
बिहीबार उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै रुस र युक्रेनबीचको युद्धविरामका लागि हंगेरी शान्तिको पहल गर्न तयार रहेको बताए । उनले ब्रसेल्समा युरोपियन युनियन (ईयू) नेताहरूको बैठकमा भाग लिनुअघि यस्तो बताएका होन् ।
उनले शान्तिका लागि आफूहरूसँग स्पष्ट र पादरर्शी नीति रहेको बताए । शान्तिका लागि आफूहरूसँग रणनीति रहेको भन्दै शान्तिको पक्षमा बोल्ने आफू मात्रै रहेको उनले बताए । ब्रसेल्समा ईयूका नेताहरूले इजरायल र हमास तथा रुस र युक्रेन युद्धका बारेमा चर्चा गरेका थिए ।
प्रकाशित मिति:October 27, 2023