चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

Nepal Cover
१० कार्तिक २०८०, शुक्रबार
image

काठमाडौँ । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन् । प्रधानमन्त्रीबाट हटेसँगै सांघाईमा बसिरहेका उनलाई बिहीबार राति हृदयघात भएको बताइएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लीलाई अक्टुबर २६ को दिन अचानक हृदयाघात भएको र अक्टुबर २७ को दिन स्थानीय समयअनुसार राति १२:१० मा उनको निधन भएको जनाएको छ। ६८ वर्षीय ली गत मार्चमा प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए।

उनी प्रधानमन्त्री हुँदा राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका थिए। ली पछिल्लो समय सांघाइमा बस्दै आएका थिए। ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए। उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख रहेका थिए।