८ वर्षीया बालिकालाई बलात्कारको आरोपमा रूपन्देहीबाट एक युवक पक्राउ

  Sampatti News Online

October 27, 2023

रूपन्देही । रुपन्देहीमा ८ वर्षीया बालिका बलात्कार आरोपमा एक पुरुष पक्राउ परेकाे छ । कञ्चन गाउँपालिका-३ का ४२ वर्षीय बुद्धबहादुर पुन बलात्कार आरोपमा पक्राउ परेका हुन्।

प्रहरी चौकी रुद्रपुरका अनुसार कञ्चन-३ की बालिकालाई घरमा कोही नभएको मौका छोपी बालिकालाई ललाई-फकाई बलात्कार गरी आरोपित पुन फरार रहेका थिए ।

इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको सुरक्षा टोलीले उनलाई खोजतलास गर्ने क्रममा कपिलवस्तु बाणगंगा नगरपालिका-१० स्थित कोठी खेलाबाट नियन्त्रणमा लिएको थियो ।

बलात्कृत बालिकाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रकाशित मिति:October 27, 2023