August 4, 2020
काठमाडौं । स्पेनका पूर्व राजा ख्वान कार्लाैसले देश छोड्ने घोषणा गरेका छन्। उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला देश छाड्न लागेको समाचार सार्वजनिक भएको हो। उनले करिब ४० वर्ष राज गरेका थिए।
स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले दिएको बीबीसीले जनाएको हो।
उनले कहिले देश छाड्छन् र कहाँ गएर बस्छन् भन्नेचाहिँ खुलाइएको छैन ।
पूर्व राजा कार्लोसले आफूलाई लागेका आरोपबारे केही सोधपुछ गर्नु परेमा आफू उपलब्ध हुने पनि बताएको समाचारमा उल्लेख छ ।
साउदी अरेबियामा एउटा हाइस्पीड रेलको ठेक्कामा कार्लोसको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।
स्पेनमा करिब ४० वर्ष राज गरेका कार्लोसले सन् २०१४ मा गद्दी त्यागेका थिए ।
प्रकाशित मिति:August 4, 2020
April 17, 2025
April 17, 2025