न्युयोर्क टाइम्सको पर्यटन गन्तव्य सूचीमा पर्‍यो मुस्ताङ

Nepal Cover
२५ पुष २०८०, बुधबार
image


काठमाडौं।प्रशिद्ध अन्तर्राष्ट्रिय मिडिया न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने विश्वका ५२ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ। न्युयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै ३७औं नम्बरमा राखिएको छ।
मुस्ताङ धवलागिरि र निलगिरि दुई अग्ला हिमशिखरको बीचमा अवस्थित छ। तीन हजार वर्षभन्दा अगाडिको उत्खनन् अनुसार यहाँ नेपाल र तिब्बतबीचको व्यापारिक मुख्य नाका थियो। लोमान्थाङ दरबार, मुक्तिनाथ, टुकुचे निलगिरी हिमाल, धवलागिरि हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिकलगायत मुस्ताङका प्रमुख पर्यटकीय स्थल हुन्।
यसैगरी धार्मिक हिसाबले पनि यो जिल्लाको महत्त्व छ। मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर ९पुथाङ०, गणेश मन्दिर जोमसोम टुकुचे गोम्पा कोबाङ, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा रहेका छन्।
सदरमुकाम जोमसोमदेखि उत्तरतर्फ भोटे गुरुङ, विष्ट र ठकुरी जातीको बाहुल्य छ भने दक्षिणतर्फ थकालीसहित अन्य जातीको बसोबास छ।