बर्लिनाले ट्यालेन्टमा नेपालका यि पाँच फिल्मकर्मी छानिए

Nepal Cover
२५ पुष २०८०, बुधबार
image

काठमाडौं– बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको बर्लिनाले ट्यालेन्टमा नेपालका पाँच फिल्मकर्मी छनोट भएका छन्।

विश्वप्रसिद्ध यो फेस्टिभलले आज विश्वभरका २ सय २ फिल्म फिल्ममेकरको नाम सार्वजनिक गरेको हो।

जसमा फिल्म ‘रेड सुटकेश’का निर्देशक फिडेल देवकोटा, प्रोडक्सन डिजाइनर राम लाल खड्का, साउण्ड डिजाइनर उत्तम न्यौपाने, अभिनेत्री गौमाया गुरुङ र स्क्रिनराइटर राजन कठेत छनोट भएको जानकारी दिएको हो।

उक्त ट्यालेन्टका लागि१ सय ३१ देशबाट ३ हजार ८ सय ३२ जनाले आवेदन दिएका थिए।