एक सय जना शाखा अधिकृत उपसचिवमा बढुवा

  Sampatti News

February 2, 2024

काठमाडौं । नेपाल प्रशासन सेवासहित विभिन्न सेवामा १०० जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

जसमा सबैभन्दा बढी ८७ जना प्रशासन सेवाका शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । ८७ जना प्रशासन सेवामा १९ जना भने लेखा समूहका रहेका छन् ।

त्यसपछि नेपाल लेखापरिक्षण सेवाका चार जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस हुदाँ नौ जना प्राविधिक सेवातर्फ विभिन्न समूह तथा उपसमूहतर्फको शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

सिकेन्द्र प्रसाद साह पनि भए उपसचिव
यसैबीच धनुषा जिल्लाको एक गाउँ पालिकाको प्रसाशकियअधिकृत सिकेन्द्र प्रसाद साह उपसचिव भएका छन्। हरेक काममा तत्काल नतिजा दिने क्षमता राख्ने साहको बढुवाको समाचारले उनको क्षमता मापन गर्नेले खुशी व्यक्त गरेका छ्न्।

प्रकाशित मिति:February 2, 2024