पर्यटन मन्त्रालयका उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

  Sampatti News Online

February 3, 2024

काठमाडौं ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरर सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुली गर्ने फैसला सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउनमा काठमाडौँबाट नेपाल र श्रेष्ठलाई पक्राउ गरेको थियो । घुसबापत सेवाग्राहीबाट बुझेको ६ लाख र आफू चढेको गाडीमा थप साढे १६ लाखसहित अख्तियारले उपसचिव नेपाललाई पक्रेको थियो ।

प्रकाशित मिति:February 3, 2024