काँग्रेस महासमिति बैठकको तयारीका लागि तोकिए ८ उपसमिति संयोजक

  Sampatti News Online

February 4, 2024

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिको तयारीका उपसमिति संयोजक तोकेका छन् ।

आगामी फागुन ७ देखि १० सम्म हुने महासमिति बैठकका मूल समितिका संयोजक सभापति देउवाले आठ नेतालाई उपसमिति संयोजक तोकेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।  देउवाले प्रचार प्रसार उपसमिति संयोजकको जिम्मेवारी मीन विश्वकर्मालाई दिएका छन् । 

आवास समन्वय उपसमितिको संयोजक मदनबहादुर अमात्य , भोजन व्यवस्थापन उपसमितिको नेतृत्व उदय शम्शेर राणाले पाएका छन् । यातायात व्यवस्थापनमा धना खतिवडा छन् । 

स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल के.सी., प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजक जितेन्द्र श्रेष्ठ तोकिएका छन् ।

ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारी समितिका उपसंयोजक तोकिएका नेताहरू अधिकांश ललितपुरका छन् । प्रचार प्रसार उपसमिति संयोजक विश्वकर्मा र प्रदेश समन्वय उपसमिति संयोजक बानियाँ बाहेकका सबै जना ललितपुरका हुन् ।

प्रकाशित मिति:February 4, 2024