गठबन्धन सरकार असफल भइसक्यो, कांग्रेस हेरेर नबसोस् : भट्टराई

  Sampatti News Online

February 4, 2024

ताप्लेजुङ । एमाले सचिव एवं प्रतिनिधि सभाका सांसद योगेश भटराईले अहिलेको गठवन्धन सरकार असफल भइसकेको बताउनुभएको छ । अहिलेको सरकार चाहिँ असफल भएको आरोप लगाएका छन् । प्रेस चौतारी ताप्लेजुङको २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले अब गठबन्धन दल कांग्रेसले यही अवस्थालाई टुलुटुलु हेरेर बस्ने की जनचाहना अनुसारको निर्णय लिने सोच्ने अवस्था भइसकेको बताए ।

नेपालमा हरेक दशकमा केही न केही परिवर्तन भएको स्मरण गर्दै उनले प्रजातन्त्र, गणतन्त्रको विकल्प निरंकुशता नभएको बताए । नेपालमा पृथ्वी नारायण शाह बाहेक कुनैपनि राजाको भूमिका नभएको भट्टराईको दाब थियो । ‘उनले एकीकरण नगरेको भए ब्रिटिस साम्राज्यले कहाँ पुर्याउँथ्यो’ भटराईले थपे, ‘राजतन्त्र वर्तमान पनि होइन र भविष्य पनि होइन । नेपालमा अहिलेको व्यवस्था निर्विकल्प हो । खुला समाजको विकल्प निरंकुश हुन सक्दैन ।’

अहिलेको सरकार ‘सरकार राजस्व संकलनमा चुकेको छ । एक खर्ब ५० करोड ऋण कर्मचारी लाई तलब खुवाउन ऋण लिनु परेको छ । सुशासनमा इतिहासकै सबैभन्दा भ्रष्ट भएको छ । सुरुमा ताप्के तातेजस्तो तातिन्छ अनि गठवन्धनका नेता तानिन थालेपछि छानबिन अन्तै मोडिन्छ’ उनले भने ।

अनुसन्धान गर्ने प्रहरी अधिकारी हटाइनु, सुन काण्डमा माओवादीका नेता तानिन थालेपछि छानबिन हराउनु यसको उदाहरण भएको उनले बताए । ‘बाँसबारी छानबिनमा सरकार तात्तियो अब काग्रेसका सांसद समेत मुछिने भएपछि सामसुम हुन्छ, ‘ उनले भने, ‘सरकार निकम्मा र कमजोर भएको छ ।’

यो सरकार जतिदिन बस्छ मुलुक बर्बादीमा जाने उनले बताए । ‘सरकार असफल हुँदा व्यवस्था असफल भएको होइन । कांग्रेसले यो अवस्था हेरेर नबसोस् र पुनर्विचार गर्नुहोस । कांग्रेसले कित्ता स्पष्ट गर्नुपर्छ भनेर हामीले भनेका छौं’ भटराईले थपे ।

प्रकाशित मिति:February 4, 2024