राष्ट्रका साझा मुद्दामा राजनीतिक दलहरू एकजुट हुनैपर्छ : सभामुख

सांसदहरूको विद्युतीय हाजिरी गरिने

  Sampatti News Online

February 5, 2024

काठमाडौं । आजदेखि सुरू भएको तेस्रो हिउँदे अधिवेसनको बैठकमा बोल्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका हुन्।

ऐन निर्माणमा संख्यात्मक नतिजा आउन नसकेकपनि एक वर्षको अवधिमा प्रयाप्त मात्रामा गृहकार्य  भएको उनको भनाइ छ। सभामुख घिमिरेले विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा समितिले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील हुँदै गएको दावी गरे। उनले चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्नुपर्ने र संसदीय गतिविधिलाई थप प्रभाकारी बनाउनुपर्नेमा जोड दिए।

सभामुख घिमिरेले विधिको शासन र पारदर्शीता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधार स्तम्भ भएको बताए। संसदमा अबलम्बन गरिने विधि र प्रक्रिया र अभ्यासलाई परिष्कृत र र जनमुखी बनाउन सामूहिक प्रतिवद्धता आवश्यक रहेको उनको भनाइ छ। संसदलाई प्रभावकारी,क्रियाशीलर जीवन्त बनाउनचालू अधिवेशनदेखि केही नयाँ अभ्यास गर्न लागेको बताए।

संसदीय गतिविधिलाई समयवद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथि छलफलका क्रममा  उठेका टिप्पणीलाई ध्यानमा राखेर यसै अधिवेशनबाट बजे सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने जानकारी गराए। संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले यस संस्थाप्रतिको विश्वास र भरोसा वृद्धि हुँदै  जाने बताउँदै  जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गरे।

प्रतिनिधि सभाले १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत गरेको छ ।उक्त क्यालेन्डर अनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्नेछ । त्यसपछि फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक बस्ने दिनमा हुने छलफलको विषय पनि सार्वजनिक गरेको छ ।

सभामुख देवराज घिमिरेले संसदको यसै अधिवेशनबाट कार्यतालिका लागू हुने बताए । उनले सांसदहरूको विद्युतीय हाजिरी गरिने र वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने पनि बताए ।

उनले कार्यतालिका लागु हुने भएपछि सांसदहरूलाई सहज हुने बताए । गएको एक वर्षमा एउटा मात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरू उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणाममुखी बनाउन अपिल गर्दछु, ‘उनले सांसदहरूलाई भने । सभामुख घिमिरेले सांसदहरूको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी बन्ने पनि बताए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर संसदीय कार्यतालिका लागू गर्ने अवस्थामा पुगेको बताए । बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्नेछ, उनले भने ।

प्रकाशित मिति:February 5, 2024