देउवाले बोलाए कांग्रेसको आकस्मिक बैठक

  Sampatti News Online

February 6, 2024

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । देशैभरि समुदायमा काँग्रेस अभियान चलिरहेको र नेताहरू जिल्ला जिल्ला पुगेका भए पनि सभापति शेरबहादुर देउवाले आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् । 

नेताहरू जिल्ला जिल्ला पुगेपनि उपलब्ध केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको छ । केन्द्रीय कार्यसमितिका सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको छ । उनको शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 उनका अनुसार बैठक अहिले बिहान १० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ । बैठका लागि नेताहरु पार्टी कार्यालय जान लागेका छन् । बैठकले अन्य निर्णय भने नगर्ने बताइएको छ । 

प्रकाशित मिति:February 6, 2024