ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत

Nepal Cover
२५ माघ २०८०, बिहीबार
image

रौतहट । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई रौतहटमा एक सय एक किलोको मालाले स्वागत गरिएको छ। एमाले रौतहटको १० औँ जिल्ला अधिवेशन उद्घाटनका लागि गरुडा आएका अध्यक्ष ओलीलाई १०१ किलोको मालाले स्वागत गरिएको हो ।

अधिवेशनमा ओलीसँगै केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ लगायतको उपस्थिति रहेको छ । बिहीबार र शुक्रबार चल्ने अधिवेशनले एमाले रौतहटको नयाँ कार्यसमिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि चार जनाको नाम चर्चामा रहेको छ।अध्यक्षको लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको छ ।