अध्यागमन अधिकृतसँग विवाद गर्ने ३ जना प्रहरीको सरुवा

  Sampatti News Online

February 9, 2024

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग विवादमा संलग्न ३ जना प्रहरीलाई उपत्यका प्रहरी कार्यालयले काज सरुवा गरेको छ । उनीहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयबाट रानीपोखरीस्थित उत्पयका प्रहरी कार्यालयमा काजमा सरुवा गरिएको हो ।

सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र अर्का एक जना जवान छन् । माघ १२ मा चेकजाँच गर्ने प्रहरी जवान रविरञ्जन र विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानसँग विवाद हुँदा प्रहरीहरूले उनलाई कुटपिट गरेका हुन् ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको विवाद छानबिन समितिले विवादमा संलग्न प्रहरी सहायक निरीक्षक सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ । प्रहरी जवान रवि रञ्जन गुप्तालाई विभागीय कारबाही र डिएसपी रेवती रमण पोखरेललाई सचेत गराउन समितिले सिफारिस गरेको छ । समितिले अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई पनि जिम्मेवारीबाट हटाएर विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

प्रकाशित मिति:February 9, 2024