नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एक शिक्षिकाविरुद्ध मुद्दा दायर

Nepal Cover
१ फाल्गुन २०८०, मंगलवार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक विन्दु गौतम शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पोखरा महानगरपालिका वडा नं ८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी शिक्षिका विन्दु गौतम शर्माविरुद्ध आरोप पत्र दायर गरिएको हो ।

शर्माले माध्यमिक शिक्षा परिषद्‍, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरु पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि भएकोले कारबाही गर्न आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएकोले सोही ऐन बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रबक्त नरहरि घिमिरेले बताए ।