गंगबुमा हत्या गरिएको सब टाउको झोलामा, शव सुटकेशमा

Nepal Cover
२५ श्रावण २०७७, आईतवार
image

काठमाडौँ। काठमाडौँको गोंगवु गणेशस्थानमा हत्या गरेको शव फेला परेको छ। शव सुटकेशमा फालिएको र टाउको दुई सय मिटरको दुरीमा जेब्रा झोलामा फेला परेको छ।

गणेशस्थान नजिकै कालो सुटकेशमा शव र शव फेला परेको स्थानभन्दा दुई सय मिटर पर टाउको भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए। ‘टाउको जेब्रा झोलामा फेला परेको छ’ डिएसपी केसीले भने।

टोखा नगरपालिका–१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरे लगत्तै काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेका छन्।

गत २०७२ मा काठमाडौंको कोटेश्वरस्थित मनहरा खोलामा पनि सुटकेशमा राखिएको अवस्थामा शव फेला परेको थियो। प्रहरीले सो हत्यामा संलग्न ब्यक्तिलाई अझै कानुनी दायरामा ल्याउन सकेको छैन।