एकैपटक ४३ जना सहसचिवको सरुवा (सूचीसहित)

  Sampatti News

March 1, 2024

काठमाडाैं । एकैपटक ४३ जना सहसचिवको सरुवा तथा पदस्थापन भएको छ ।

फागुन १५ गतेको मन्त्रिपरिषद बैठकले बढुवापछि पदस्थापन हुने २९ जनासहित ४३ सहसचिवको जिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा तोक्ने र हेरफेर गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा रामबाबु पुरी सरुवा भएका छन् । अरुण पोखरेल प्रदेश आर्थिक मामिला मन्त्रालय सुदुरपश्चिमबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । कोषहरि निरौला अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा आएका छन् ।


प्रकाशित मिति:March 1, 2024