सशस्त्र प्रहरी बलमा रोजगारीको अवसर

  Sampatti News

March 1, 2024

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा २४ जना कर्मचारी माग गरेको छ ।सशस्त्रले आज सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेका हो ।

सशस्त्रले प्राविधिक शसस्त्र प्रहरी निरीक्षक(चिकित्सक) ११ जना, प्राविधिक शसस्त्र प्रहरी निरीक्षक (बिडिएस) ३ जना, प्राविधिक शसस्त्र प्रहरी निरीक्षक(स्टाफ नर्स) ५ जना,प्राविधिक शसस्त्र प्रहरी निरीक्षक (ल्याव टेक्निसिएन) २ जना, प्राविधिक शसस्त्र प्रहरी निरीक्षक(साइकोलोजिस्ट) एक जना र प्राविधिक शसस्त्र प्रहरी निरीक्षक(रेडियोग्राफर) २ जना गरी २४ जना मागेको छ ।

प्राविधिक समूहतर्फ प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको हो

योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गते सम्म अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

आवेदन सशस्त्र प्रहरी बलको प्रधान कार्यलायमा बुझाउन सकिनेछ ।


प्रकाशित मिति:March 1, 2024