आज राष्ट्रपति भवन क्षेत्रमा चार घण्टा विद्युत अवरुद्ध हुने

Nepal Cover
२० फाल्गुन २०८०, आईतवार
image

काठमाडाै । आज लाजिम्पाटको एभरेष्ट बैंकदेखि राष्ट्रपति भवन, टुँडालदेवीको क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएकाे छ ।

नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम हुँदा उक्त क्षेत्रमा विद्युत अवरुद्ध हुने भएकाे हाे ।