बालुवाटारमा नयाँ गठबन्धनका तीन दलको बीच छलफल

  Sampatti News Online

March 4, 2024

काठमाडौँ । प्रधानमन्त्रीको निवास बालुवाटारमा तीन दलको बैठक बसेको छ। सोमबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल भएको हो।

नयाँ समीकरणको मोडल तयार गर्न प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी, एमाले र रास्वापको बैठक बसेको बसिरहेको छ ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन, एमालेबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल, रास्वपाबाट रवि लामिछाने सहभागी छन् ।

प्रकाशित मिति:March 4, 2024